७ कार्तिक २०८३, शनिबार

देशलाई दुर्घटनाबाट जोगाउन नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ: राजेन्द्र लिङ्देन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्ने बताएका छन् ।

पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरुलाई आग्रह समेत गरे ।

उनले ०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आएको भन्दै यही गलत बाटोलाई अघि बढाउन खोजे देश गम्भीर दुर्घटनामा फस्ने धारणा राखे । देश र जनताप्रति सुध्रिनका लागि कांग्रेस, एमाले र माओवादीलाई सुझाव दिदै लिङदेनले सुध्रने संकेत नदेखिए राप्रपाले नयाँ संघर्षको नेतृत्व गर्ने चेतावनी दिए ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने बताए । जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरुले सिण्डिकेटको शिकार बनाएकाले त्यसलाई उल्टाउनका लागि जनता काठमाडौं घेर्न तयारी गरिरहेको उनले बताए ।

उनले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै विकल्प नहुने भन्दै त्यस्तो अवस्था आउन नदिन दलहरु नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राखे ।

उनले धार्मिक द्वन्द्व निम्त्याउनको लागि धर्म निरपेक्षता ल्याइएको जिकिर गरे । गणतन्त्रका पक्षधर नेपालका सबैभन्दा जेठोदेखि कान्छो पार्टी एउटै कित्ताको भएको बताउँदै उनीहरुबाट देशमा समृद्धि सम्भव नरहेको धारणा राखे ।