७ कार्तिक २०८३, शनिबार

सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो बलात्कार आरोपमा सफाइ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । बलात्कार आरोप लागेका ‘सिद्वबाबा’ भनिने कृष्णबहादुर गिरीले बलात्कार आरोपमा सफाई पाएका छन् ।

सुनसरी जिल्ला अदालतले गिरीलाई सफाइ दिएको हो । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बलात्कार आरोपमा मागदाबी नपुग्ने भन्दै गिरीलाई सफाइ दिएको हो ।

यसअघि पनि जिल्ला अदालतले उनलाई सफाई दिएकामा मुद्दा उच्च अदालतमा पुगेको थियो । उच्च अदालतले फैसला पुन:विचार गर्न भन्दै जिल्लामै फिर्ता पठाएको थियो । जसअनुसार जिल्ला अदालतले उनलाई दोस्रो पटक सफाइ दिएको हो ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा धार्मिक गुरू सिद्धबाबाविरूद्ध २०७९ असार १४ मा जिल्ला अदालतमा मुद्दा परेको थियो।