७ कार्तिक २०८३, शनिबार

सुन प्रकरणमा ६ जनालाई मुद्दा नचलाउन सीआईबीको राय, को-को हुन् सिआईबीको नजरमा निर्दोष ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ जनालाई मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

सीआईबीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

सीआईबीले ५० जनालाई मुद्दा चलाउन राय दिएको हो भने ६ जनालाई मुद्दा नचलाउन राय दिएको हो ।

सीआईबीले मुद्दा नचलाउन राय दिएकामा भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङ रहेका छन् ।