७ कार्तिक २०८३, शनिबार

सुन तस्करी प्रकरण: पक्राउ परेका ३२ जनालाई अदालत लगियो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद तस्करीको ६० केजी सुन प्रकरणमा पक्राउ परेका ३२ जनालाई अदालत लगिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई म्याद थपका लागि अदालत लगेको हो ।

यसैबीच सीआईबीले आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले ५० जनालाई मुद्दा चलाउन माग गर्दै प्रतिवेदन बुझाएको हो ।