७ कार्तिक २०८३, शनिबार

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौं आइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस रामेछापकै भलायखर्कमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेहरूमा रामेछाप सुनपाती गाउँपालिका–२ का ५० वर्षीया मैच्याङ तामाङ त्यस्तै सोही गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा, ६५ वर्षीया साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, सुनापटी–५ का चार वर्षीय बालक विस्वास बिसंखे घाइते भएका हुन् ।

बसमा ७० जना सवार थिए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याएको छ । बस अनियन्त्रित भएर सडकै पल्टिएको थियो ।