
काठमाडौं, २७ भदौ । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङका दुवैजना छोराहरू विदेशबाट आइपुगेका छन् ।
नेम्वाङका छेठा छोरा मिङ्सो र कान्छा छोरा सुहाङ नेपाल आइपुगेका हुन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा बेलायतबाट आज आइपुगेका हुन् ।
स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो परिवारसहित बेलायतमा बस्दै आएका छन् भने अन्यको विवाह भएको छैन । उनीहरू नेपालमै बस्छन् ।
कान्छा छोरा सुहाङ केही दिनअघि घुम्नका लागि अष्ट्रेलिया पुगेका थिए । छोराहरू आइपुगेकाले अब नेम्वाङको भोलि अन्तिम संस्कार गरिनेछ ।
अन्तिम संस्कारका दिन भोलि सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।















प्रतिक्रिया