
धरान, २७ भदौ । प्रहरीले धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाका भाई विष्णुसहित आठजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विष्णुसहित बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङ रहेका छन् । यस्तै, अर्को समूहका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राई पक्राउ परेका हुन् ।
विष्णुले एउटा ग्याङको लिड गर्दै आएका थिए भने सन्देश राइले अर्को ग्याङका लिडर हुन् । विष्णुको समूहले केही समयअघि सन्देशलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो ।
सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले केही दिनअघि विष्णु बेघालाई घरैमा गएर कुटपिट गरेको थियो । जसबाट उपमेयर बेघाको घरमा क्षतिसमेत भएको थियो ।
विष्णुको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएका सन्देशको अवस्था गम्भीर छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया