७ कार्तिक २०८३, शनिबार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी असोज १ गतेका लागि तोकियो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेशी असोज १ गतेका लागि तोकिएको छ ।

यसअघि गत भदौ २१ गतेको सनुवाईमा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको हाल बसाई सर्नुअघिको स्थानीय तहबाट जन्ममिति खुल्ने कागजात मगाउन आदेश दिएको थियो ।

किशोरीको परिवार हाल बसोबास गरिरहेको स्थानीय तहमा अन्यत्रैबाट बसाई सरेर आएका हुन् । किशोरीको जन्ममिति फरक-फरक पाइएपछि अदालतले बसाई सर्नुअघिको स्थानीय तहको कागजातमा वास्तविक जन्ममिति हुन सक्ने भन्दै कागजात मगाउन आदेश दिएको हो ।

यस्तै किशोरीकी आमाको पनि जन्ममिति विवादित देखिएपछि आमाको पनि जन्ममितिसम्बन्धी कागजात अदालतले माग गरेको हो । स्थानीय तहबाट किशोरीको जन्ममिति सहितको कागजात अदालतमा पुगेकाले १ गतेका लागि पेशी तोकिएको हो ।

सम्भवत: सोही दिन अन्तिम फैसला आउन सक्नेछ ।