२ कार्तिक २०८३, सोमबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।