१ कार्तिक २०८३, आइतबार

मेसी नखेलेको खेलमा अर्जेन्टिनाको सहज जित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा बोलिभियालाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा इन्जो फेर्नानडेज, निकोलस टागलियाफिको र नोकोलास गोन्जालेजले एक एक गोल गरेका थिए ।  खेलमा बोलिभियाको रोबेर्टो फेर्नानडेजले खेलको ३९औं मिनेटमा रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडी दिनमा सिमित भएको थियो ।

अर्जेन्टिनाले यस खेलमा लियोनेल मेसीलाई आराम दिइएको थियो । यो जितसँगै अर्जेन्टिनाले विश्वकप छनौटमा लगातार दोस्रो जित हासिल गरेको छ ।