
वीरगञ्ज, २७ भदौ । पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह गएराति तनावग्रस्त बनेको छ । गएराति करिब ८ बजे पछि बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच विवाद हुँदा तनाव भएको हो ।
बाल कैदीबन्दीले सुधार गृह तोडफोड गर्नुको साथै प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए ।
बाल कैदीबन्दीहरुबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी र प्रहरी घाइते भएका र उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । झडपका कर्ममा बालसुधार गृहका ९ जना बालक र ३ जना प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारविक्रम थापाका अनुसार आज बिहानको अवस्था सामान्य रहेको छ ।
बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन् । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको बताइएको छ ।
केही दिन अगाडि भक्तपुरको सुधार केन्द्रबाट ल्याइएका बालक र पहिल्यैदेखि यहाँ रहँदै आएकाहरूबीच भएको विवादका कारण झडप भएको बुझिएको छ ।















प्रतिक्रिया