
काठमाडौं, २६ भदौ । विभिन्न राजनीतिक दलका नेताहरूले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले मुलुकलाई अतुलनीय क्षति पुगेको बताएका छन् ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङ सबैलाई मिलाएर लान सक्ने नेता भएको स्मरण गर्दै उनीहरुले नेम्वाङको निधनले मुलुकलाई अतुलनीय क्षति पुगेको बताएका हुन् ।
उपप्रधान एवं गृहमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रीक आन्दोलनमा अग्रणी भूमिका खेलेको भन्दै स्मरण गरे ।
मुलुकको परिवर्तनलाई संविधानमा समावेश गरेकाले नेम्वाङलाई नेपालको जनताले सदा सम्झना गरिरहने उनले बताए । श्रेष्ठले नेम्वाङको निधनले मुलुक र नेपाली समाजलाई ठूलो क्षति पुगेको जिकिर गरे । त्यस्तै कांग्रेस नेता डा शेखर कोइरालाले समन्वयकारी भूमिकामा नेम्वाङजस्तो अर्को नेता नभेटेको बताए ।
संविधान जारी गर्दा नेम्वाङले खेलेको भूमिका अत्यन्तै सराहनीय रहेको भन्दै देशले एउटा मुख्य राजनीति नेता गुमाउनुपर्दा निकै क्षति भएको बताए ।
त्यस्तै एमाले सचेतक महेश बर्तौलाले नेम्वाङको निधनले राष्ट्रले अभिभावक गुमाएको जिकिर गरे । त्यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकको परिवर्तनलाई संस्थागत गर्न ठूलो भूमिका खेलेको व्यक्तिको निधनले ठूलो क्षति पुगेको बताए ।















प्रतिक्रिया