
काठमाडौं, २६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत एमाले उपाध्यक्ष एवम् सुवास नेम्वाङप्रति कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्वाञ्जली अर्पण गरेका छन् ।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएपछि ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्वाञ्जली अर्पण गरेका हुन् ।
त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासल पुगेर नेपालको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिन् ।
त्यस्तै सभामुख देवराज घिमिरे, मन्त्रीहरु, विभिन्न दलका नेता कार्यकर्ताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।















प्रतिक्रिया