
काठमाडौं, २६ भदौ । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरिर पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुर्याइएको छ ।
उनको शव श्रद्वाञ्जली अर्पणका लागि पार्टी कार्यालयमा पुर्याइएको हो । नेता-कार्यकर्ता एवम् आम नागरिकले नेम्वाङलाई पार्टी कार्यालयमा पुगेर श्रद्वाञ्जली अर्पण गरिरहेका छन् ।
गएराति हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
उनको भोलिमात्रै अन्त्येष्टि गरिने बताइएको छ । विदेशमा रहेका उनका दुई छोराहरू फर्किएपछि मात्रै उनको अन्त्येष्टि हुने भएको हो ।















प्रतिक्रिया