
काठमाडौं, २५ भदौ । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को टोलीमा १२ जना मात्रै सदस्य रहने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले गरेको आग्रह अनुसार अमेरिका जाने टोली आधाले घटाइएको हो । यसअघि २४ सदस्यीय प्रतिनिधिमण्डल महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने तयारी थियो ।
भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, परराष्ट्र मन्त्रालयकी प्रवत्ता तथा यूएन महाशाखा प्रमुख सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल दिलिप कुमार पौडेल, न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।















प्रतिक्रिया