७ कार्तिक २०८३, शनिबार

कार्यालयमै काण्ड मच्चाउने प्रमुख प्रशासकीय अधिकृतलाई बाह्रदशी गाउँपालिकाले नराख्ने

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । इलामको माईजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई झापाको बाह्रदशी गाउँपालिकाले नराख्ने भएको छ ।

केही दिनअघि माईजोगमाई गाउँपालिकामै रहँदा महिला सहकर्मीसँग अश्लील क्रियाकला गरेको भिडिओ सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई बाह्रदशी गाउँपालिकाले गाउँपालिकामा नराख्ने भएको हो ।

उनी माईजोगमाईबाट सरूवा भएर यही भदौ १२ गते बाह्रदशीमा हाजिर भएका थिए ।

उनको अश्लील हर्कत सार्वजनिक भएपछि गाउँपालिकाको बैठक बसेर १३ दिनमै फिर्ता पठाउने निर्णय गरेको हो ।

अश्लील क्रियाकलाप गर्ने प्रशासकीय अधिकृतलाई गाउँपालिकामा राख्नु हुँदैन भनेर स्थानीयले विरोध गरेपछि उनलाई फिर्ता पठाउने निर्णय भएको गाउँपालिकाले बताएको हो ।