
काठमाडौं, २५ भदौ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया