
विराटनगर, २४ भदौ । नेकपा (एमाले) निकट युवा संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा सुनसरीका अरुण गुरुङ निर्वाचित भएका छन् ।
शनिबार पहिचानवादीहरुको अवरोधकाबीच सम्पन्न अधिवेशनले गुरुङको अध्यक्षतामा ८९ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी (मोरङ), सचिवमा विनोद राना (झापा), सहसचिवमा निरजमान सिंह बस्नेत (खोटाङ), सहसचिवमा शरण फागो (इलाम) र कोषाध्यक्षमा दीपेन्द्र तामाङ निर्वाचित भएका छन् ।
अधिवेशनले साइबर सर्कल प्रमुखको जिम्मेवारी सागर पोखरेललाई दिएको छ ।
यस्तै महिला विभाग प्रमुखको जिम्मा पार्वती तामाङ र संगठन विभाग प्रमुखको जिम्मेवारी आनन्द राईलाई दिएको छ । अधिवेशनले मनोज रायलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । युथ फोर्स प्रमुखमा भने राजन बानियाँ निर्वाचित भएका छन् ।











प्रतिक्रिया