२८ कार्तिक २०८३, शनिबार

समाजवादी मोर्चाले आज हेटौंडामा सन्देश सभा गर्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २४ भदौ । चार दल सम्मेलित समाजवादी मोर्चाले आज आइतबार मकवानपुरको हेटौंडामा सन्देश सभा गर्दैछ ।

प्रदेशस्तरीय सभाका क्रममा मोर्चाले आज हेटौंडामा सन्देश सभा गर्न लागेको हो । हेटौंडास्थित रोयल पार्टी प्यालेसमा हुने सभा दिउँसो १२ बजेबाट सुरु हुने नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीकी अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।

उनका अनुसार सभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतले सम्बोधन गर्नेछन् ।

सभामा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने बताइएको छ ।