
काठमाडौं, २२ भदौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पहिलो चरणको मन्त्रिमण्डल गठन गरेका छन् ।
मुख्यमन्त्री कार्कीले तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
जसअनुसार तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका हुन् । यस्तै, सृजना राई सामाजिक विकास राज्यमन्त्री बनेकी छिन् ।
उनीहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।















प्रतिक्रिया