
काठमाडौं, २१ भदौ । स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियालाई कालोमोसो दलिएको छ ।
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकताले चौरसियालाई कालोमोसो दलेको हुन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले चारसियामाथि विभिन्न आठवटा आरोप लगाएको छ ।
जसमा स्वस्थ्य सेवा विभागमा सेटिङमा हुने भ्रष्टाचारको मुख्य नाइके भएको, डा. चौरसियाले स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँगको मिलेमतोमा गरिब ११ करोड कमिसन खाएर १९ करोडको म्याद सकिएको आइरन चक्की खरिद गरेको आरोप चौरसियाकाथि लगाइएको छ ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार सम्बन्धी मुद्धालाई प्रभावित पार्न रकम बोकेर आयुक्त र कर्मचारीका घरघरमा पुग्ने गरेको, ठूलो कमिसनको सेटिङमा विभागले खरिद गर्ने स्वास्थ्य सामाग्री निश्चित व्यक्तिले मात्रै पाउने गरी मापदण्ड बनाउने गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आरोप लगाएको छ ।
यस्तै, शक्तिकेन्द्रलाई प्रभावमा पारेर एकीकृत चिकित्सा अध्ययन गरेका चौरसिया पब्लिक हेल्थको दरबन्दीमा विभागको खरिद शाखा प्रमुखको रुपमा कार्यरत, काभ्रे जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना जापनिज स्वास्थ्य स्वयम् सेविकालाई यौन दुर्व्यवहार गरेर देशकै बदनाम गरेको, सिन्धुली जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना राजनीतिक कार्यकर्ताकी श्रीमतिमाथि यौन दुर्व्यवहार गरेको र कृषि अनुदानको दुरुपयोग गरेको चौरसियामाथि आरोप लगाइएको छ ।
पार्टीले चौरसियामाथि सरकारसँग कारबाहीको माग गर्दै निलम्बन गरी कारवाही नगरे भौतिक कारवाही गर्ने चेतावनी दिएको छ ।
















प्रतिक्रिया