
काठमाडौं, २१ भदौ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।
बुधबार काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरूणले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।
तरूण दलले घटनाको विरोधमा आन्दोलनको घोषणासमेत गरेको छ । जसअनुसार शुक्रबार दिउँसो रत्नपार्क शान्ति बाटिका विरोध सभा र र्याली आयोजना गरिएको छ ।















प्रतिक्रिया