
काठमाडौं, २१ भदौ । पमुख प्रतिपक्षी दल नेकपा एमालेले काँग्रेस सहमहामन्त्री यादवमाथिको आक्रमणको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिनुपर्ने बताएको छ ।
यादवमाथि बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले सहमहामन्त्री यादवमाथि भएको सांघातिक हमलाको भत्र्सना गर्दै घटनाको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।
सत्तापक्षको पार्टीकै सहमहामन्त्री, संविधान सभाको सदस्य असुरक्षित हुने अवस्थाबारे सरकारले गम्भीरताका साथ जवाफ दिनुपर्ने उनको माग छ ।
‘नेपाली कांग्रेसका सहमहामन्त्रीमाथिको सांघातिक हमलाप्रति एमाले भर्त्सना गर्छ। यो घटनाको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ। जवाफ दिनुपर्छ। काठमाडौं मध्यभागमा यस प्रकारले सत्तापक्षको पार्टी केन्द्रका सहमहामन्त्री, संविधान सभाको सदस्य असुरक्षित हुने जुन प्रकारको जे परिस्थिति बन्यो, सरकारले गम्भीरताका साथ यसको जवाफ दिनुपर्छ,’ उनले भने ।
प्रतिपक्षी दल एमालेका नेताहरूलाई निर्वाचन क्षेत्रमा जान नदिने घटना भइरहेका बेला अहिले सत्तापक्षका नेतालाई पनि निशाना लगाउन थालिएको उनले बताए ।















प्रतिक्रिया