३ कार्तिक २०८३, मंगलबार

गृहमन्त्रीलाई गगनको प्रश्न- काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणबारे जवाफ मागेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले गृहमन्त्रीको जवाफ माग गरेका हुन् । गगनले दोषीलाई कारबाही गर्छु भन्दै प्रधानमन्त्रीले बोल्दै हिँडेका उल्लेख गर्दै आफूहरूले परिणाम हेर्न चाहेको बताए ।

‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही धम्की दिन्छ। हामी एक्लै हिँड्न हुने हो कि होइन ? म प्रधानमन्त्रीले ठाउँ ठाउँमा बोलेको पनि सुनिरहेको छु यसलाई छाडिनेछैन भनेर जिम्मा लिनेले बोल्ने होइन काम गर्ने हो। हामीले परिणाम हेर्न चाहन्छौँ,’ उनले भने ।

कसैले बोलेको कुरा मन नपर्दैमा आक्रमण गर्न मिल्छ भन्दै उनले हिंसा जायज भन्ने कुरामा लागे त्यो गलत हुने बताए । समाजवादमा हिंसालाई प्रोत्साहन दिन नपाइने उनको भनाइ छ । उनले भने,‘महेन्द्र यादवले कसैलाई मन नपरेका कुरा बोल्दैमा आक्रमण गर्न मिल्छ ? हामी हिंसा जायज भन्ने कुरामा लाग्छौँ भने यो गलत छ। समाजवादमा असन्तुष्टि छ तर हिंसालाई प्रोत्साहन दिन पाइँदैन । हामी धेरै संघर्ष र सकसबाट बाहिर आएका हौँ। असन्तुष्टिलाई सम्बोधन गर्नेभन्दा अराजकत मच्चाउने काम भइरहेको छ।’