
काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतविरूद्व दायर रिटमाथिको सुनुवाई सकिएको छ ।
आज रिट निवेदकको तर्फबाट जवाफी बहस भएपछि सुनुवाई सकिएको हो । सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाई सकिएको हो ।
मुद्दाको फैसला आजै आउने बताइको छ ।
मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा संसदबाट विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।















प्रतिक्रिया