
काठमाडौं, २१ भदौ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा आज ४ जना मन्त्रीहरूसँग सांसदहरूले प्रश्न गर्ने कार्यतालिका रहेको छ ।
सघीय संसद सचिवालयका अनुसार आजको बैठकमा कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म) पनि आज पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।












प्रतिक्रिया