२८ कार्तिक २०८३, शनिबार

नेविसंघद्वारा गृहमन्त्रीको पुत्ला दहन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला दहन गरेको छ ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमणको विरोध गर्दै बुधबार साँझ गृहमन्त्री श्रेष्ठको पुत्ला दहन गरेको हो । नेविसंघले काठमाडौंको विभिन्न स्थानमा राँके जुलुस प्रदर्शन गरेको हो ।

यसअघि आजै नेविसंघले एक विज्ञप्ती जारी गर्दै गृहमन्त्ती श्रेष्ठको राजीनामा मागेको थियो ।

आज बुधबार दिउँसो कांग्रेस सहमहामन्त्री यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो ।

यादवको राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनीमाथि आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।