
काठमाडौ, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बुधबार अपरान्ह तीन शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण साथै संसद्मा विचाराधिन रहेको टीआरसी विधेयक लगायतका विषयमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया