२८ कार्तिक २०८३, शनिबार

नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

 कांग्रेसका सहमहामन्त्री, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै नेविसंघले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।

नेविसंघले यादवलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यानमार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार गरिनु निन्दनीय रहेको बताएको छ । उक्त घटनाले आम नागरिकको जिउ ज्यानको रक्षा, शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रुपमा असफल भएको पुष्टि गरेको नेविसंघको दाबी छ ।

खुकुरी प्रकारबाट घाइते भएका सहमहामन्त्री यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको हो ।

यादवमाथि बुधबार काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो । उनीमाथि सांघातिक आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

उनको टाउकोको पछाडि भागमा चोट लागेको छ । भित्रि चोट भने नदेखिएको अस्पतालले जनाएको छ ।