७ कार्तिक २०८३, शनिबार

खुकुरी प्रहारबाट घाइते काँग्रेस सहमहामन्त्री यादवको आईसीयूमा उपचार हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । खुकुरी प्रकारबाट घाइते भएका काँग्रेस सहमहामन्त्री महेन्द्र यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको हो ।

सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो ।

उनीमाथि सांघातिक आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उनको टाउकोको पछाडि भागमा चोट लागेको छ । भित्रि चोट भने नदेखिएको अस्पताललले जानकारी दिएको छ ।

कार्यक्रम सकेर बाहिरिँदै गर्दा उनीमाथि पछाडिबाट आक्रमण भएको हो ।

अहिले यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।