
काठमाडौं, २० भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको स्वाधिनको रक्षार्थ, नेपाली जनताको सुशासन र समृद्धिको चाहना पूरा गर्न पूर्व प्रहरीहरु राप्रपा नेपालमा क्रियाशिल हुनुपर्ने बताएका छन् ।
राष्ट्रसेवक भएर देश र जनताको सेवा गर्ने प्रहरीहरु अवकास जीवनमा पनि स्वाधिनताको रक्षा गर्न, स्वाभिमानको जगेर्ना गर्न राप्रपा नेपालमा आवद्ध हुनुपर्नेमा जोड दिँदै उनले राजनीतिलाई सही दिशामा दिनको लागि पनि अवकास पछि चुप नबसी क्रियाशिल हुन थापाले आग्रह गरे ।
‘सामान्य अवस्थाम भएको भए अवकास जीवन पछि आफ्नै तरिकाले जिउँदा हुन्थ्यो तर अहिले देश संकटग्रस्त अवस्थाबाट गुज्रेकोले चुप बस्न नहुने समय आएको छ ।’ थापाले भने ।
फोहरी र अदूरदर्शी राजनितिले सबै क्षेत्र तहसनहस भएको चर्चा गर्दै थापाले अब एकपटक सबै वर्ग, क्षेत्र, समुदाय देश बचाउन र बनाउन जुरुक्क उठ्नुपर्ने बेला आएको समेत आवश्यकता उनले औल्याए । अब हुने आन्दोलनमा पूर्वप्रहरिहरुको उल्लेख्य सहभागिताको लागि तयारीमा जुट्न समेत थापाले आग्रह गरे ।
भ्रष्टाचार, बेतिथी र विसंगतिको विरुद्ध सबै जाग्ने समय आएको थापाको कथन छ ।
पूर्वप्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमबाट पाँच क्षेत्रीय र १४ अञ्चल स्तरिय संयोजकहरुको जिम्मेवारी समेत तोकिएको छ । जसअनुसार पूर्वाञ्चल खगेन्द्र राई, मध्यमाञ्चल नवराज अर्याल, पश्चिमाञ्चल धमला राई, मध्यपश्चिमाञ्चल उदय रावल, सुदूरपश्चिममा नयन बोहराले संयोजकको जिम्मेवारी पाएका छन् ।
यसैगरी भुवन बोहरा महाकाली, श्याम भण्डारी सेती, चक्र नेपाली भेरी, रामहरि बानीयाँ कर्णाली, काजीमान घिसिङ राप्ती, मानबहादुर थापा गण्डकी, मानबहादुर गुरुङ धौलागिरी, देवी मैनाली लुम्बिनी, भवानी गौतम बागमती, सन्तोष श्रेष्ठ नारायणी, यज्ञ बहादुर खड्का जनकपुर, पूर्ण श्रेष्ठ मेची, राजकुमार पोखरेल कोशी र नरहरि बस्नेत सगरमाथाको संयोजक तोकिएका छन् ।















प्रतिक्रिया