१ कार्तिक २०८३, आइतबार

समिक्षा अधिकारीको ‘भन्छन् स्वामीले’ सार्वजनिक (भिडियोसहित)

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । हिन्दु नारीहरुको पवित्र पर्व हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरुले यससँग सम्बन्धित गीति सामाग्रीहरु सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो पुस्तामाझ चर्चामा रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेको संगीत रहेको उक्त गीतमा गणेश सुवेदीको शब्द रहेको छ भने राजिव शाहले एरेञ्ज तथा मिक्सिङ र मास्टरिङ गरेका छन् ।

भिडियोमा भने मोनिका बुढाथोकी र सविन घिमिरेले श्रीमान–श्रीमतीको रुपमा अभिनय गरेका छन् । मोनिकाको नृत्य तथा सविनको अभिनय मौलिक रहेको छ । निर्देशक तथा कोरियोग्राफर सुरेश पाण्डेले भिडियोलाई पारिवारिक र सभ्य बनाएका छन् । बन्दे प्रसादको सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ भने राजेन्द्र मोक्तानले गरेका छन् ।

प्रायजसो तीजका गीतहरु काठमाडौंको कुनै पार्टी प्यालेस वा कुनै मन्दिरको प्रांगणमा छायाँकन गरेर सकिने परम्परालाई छोडेर यो गीतको भिडियो भने इलामको चपेटी, झापाको सुरुंगास्थित धनुषकोटी र दोमुखाका रमणीय स्थलहरुमा गरिएको छ ।