२८ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रमको स्टेज नै भत्कियो, नेताहरुको भागाभाग

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको एक कार्यक्रमको स्टेज नै भत्किएको छ ।

मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सव कार्यक्रमको स्टेज भत्किएको हो । स्टेज भत्किएपछि मुख्यमन्त्रीसहितका कार्यक्रममा सहभागि नेताहरु भागाभाग भएका थिए । स्टेज भत्किए पनि कसैलाई चोटपटक लागेको छैन् ।

कार्यक्रममा मुख्यमन्त्री शाहसँगै नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, सांसद सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने लगायत राजनीतिक दलका नेताहरु सहभागि थिए ।

डडेल्धुरा पुगेका मुख्यमन्त्री शाह यसअघि नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको भेटघाट कार्यक्रम पनि सहभागि भएका थिए ।