
काठमाडौं, २० भदौ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सार्वजनिक विदाको दिन सरकारी सवारी साधनको दुरूपयोग भएको भन्दै विनापास चलेका सरकारी गाडीलाई नियन्त्रणमा लिदैँ ट्राफिक प्रहरीलाई बुझाउने काम गरेको छ ।
आज सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा दिएको सार्वजनिक विदाको दिन सरकारी गाडी दुरुपयोग भएको भन्दै विनापास चलेका सवारीलाई प्रहरीलाई बुझाइएको युवा संघका अजित लामाले जानकारी दिए । उनका अनुसार युवा संघले काठमाडौंको कलंकी, बालाजु, बानेश्वर र भक्तपुरको सूर्यविनायक र ललितपुरमा विनापास चलेका सरकारी गाडीलाई नियन्त्रण लिँदै ट्राफिक प्रहरीलाई बुझाउने काम भइरहेको छ ।
यसैगरी, युवा संघ काठमाडौं महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकारले विनापास सरकारी सवारी साधन चलाउने १३ वटा सवारी साधन र दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको बताए ।











प्रतिक्रिया