
मकवानपुर, २० भदौ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले नेकपा (एमाले)का कार्यकर्तालाई पार्टी प्रवेश गराएको भन्दै गरेको प्रचार झुटो सावित भएको छ ।
सभापति बानियाँले हिजो मंगलबार एमाले मकवानपुरको मनहरी गाउँपालिका कमिटीका सचिवालय सदस्य चातुराम मोक्तान र मनहरी-२ का उपसचिव रविन्द्रबहादुर डिम्डुङलाई कांग्रेस प्रवेश गराइएको भन्दै प्रचार गरेका थिए ।

तर आज मोक्तान र डिम्डुङले आफूहरु कांग्रेस प्रवेश नगरेको भन्दै एमालेमै रहेको बताएका छन् ।
उनीहरुले प्रदेश सभा सांसद बानियाँले सांसद विकास कोष मार्फत विद्यालयलाई सहयोग गर्ने गरी विद्यालयको विषयमा छलफल गर्न लागि हेटौंडा स्थित आफ्नै घरमा बोलाएर एक्कासी खादा लगाउँदै पार्टी प्रवेश गरेको भन्दै झुटो प्रचार गरेको बताए । उनीहरुले आफूहरुलाई बोलाएर झुक्याएर पार्टी प्रवेशको हल्ला फिँजाएकोप्रति आपत्ती जनाए ।

आज एमाले मकवानपुरको पार्टी कार्यालय आएर उनीहरुले आफूहरु एमालेमै रहेको स्पष्ट पारे । उनीहरुले आफूहरु विगत लामो समयदेखि एमालेको विधि, सिद्धान्त अनुसारउ चल्ने कार्यकर्ता रहेको र पार्टी परित्यागको कुनैपनि सोच, योजना समेत नरहेको जनाएका छन् । एमालेको एउटा कर्तव्यनिष्ट कार्यकर्तालाई यसरी झुक्याएर पार्टी प्रवेशको हल्ला गर्नु नेपाली कांग्रेसको गैरराजनीतिक चरित्र रहेको भन्दै उनीहरुले भ्रममा नपर्न अनुरोध गरेका छन् ।












प्रतिक्रिया