२८ कार्तिक २०८३, शनिबार

१० दिनदेखि बेपत्ता डाक्टर कोइरालाको शव फेला

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । झापाको दमकका बेपत्ता डाक्टर प्रज्जवल कोइरालाको शव १० दिन पछि भेटिएको छ ।

उनको शव बराहक्षेत्र नगरपालिका-२ स्थित कोशीको भँगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कोइरालाका आफन्तले शवको पहिचान गरेपछि शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

झापाको दमक-१ निवासी कोइराला मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा जनरल सर्जनको रूपमा कार्यरत थिए ।

कोइराला १० गते सोमबार राति २ बजे सप्तकोशी पुलमा आएको सिसीटिभी फुटेजमा देखिएका थिए । पुलमा उनको कार, जुत्ता, मोजा र मोबाइल भेटिएको थियो ।