
काठमाडौं, २० भदौ । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
मलेसियामा आज नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि नेपाल उपविजेता बनेको हो ।
आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो । तर, वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका हुन् ।
नेपाल र युएईको समान ९/९ अंक भए पनि युएई रनरेटका आधारमा समूह विजेता बनेको हो ।















प्रतिक्रिया