
काठमाडौं, २० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव सभ्यताको कलंकका रूपमा रहेको मानव बेचविखन तथा ओसारपसार विरुद्ध सचेतना र सक्रियताका लागि सबैमा आह्वान गरेका छन् ।
मानव बेचविखनविरुद्धको १७औं राष्ट्रिय दिवसका अवसरमा आज सन्देश जारी गर्दै अध्यक्ष ओलीले मानव बेचविखन तथा ओसारपसार गर्ने मानवता विरोधी प्रवृत्तिका विरुद्ध एकजुट भएर लाग्न आह्वान गरेका हुन् ।
उनले एमाले सामाजिक न्याय, मानवता, नागरिकको समान अधिकार र अवसरका लागि आन्दोलनको अगुवाई गरेको पार्टी भएको उल्लेख गर्दै सन्देशमा मानव बेचविखन तथा ओसारपसार विरुद्धका हरेक अभियानमा पार्टी निष्ठापूर्वक समर्पित रहेको जनाएका छन् ।












प्रतिक्रिया