
काठमाडौं, १९ भदौ । नेपाली राष्ट्रिय टोलीका फास्ट बलर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन् ।
उनले कोहलीको अटोग्राफ जुत्तामा लिएका हुन् । अटोग्राफ भएको जुत्तासहितको तस्बिर उनले सामाजिक सञ्जालमा राखेका छन् ।
सोमपालले कोहलीसँगको तस्बिर राख्दै विराट क्रिकेटर मात्रै नभइ भावना भएका लेखेका छन् ।
‘कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन्, उनले लेखेका छन् । सोमबार श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो ।
नेपाल भारतसँग दश विकेटले पराजित भयो ।















प्रतिक्रिया