
काठमाडौं, १९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतविरूद्व परेको रिट आज पनि ‘हेर्दाहेर्दै’ मा परेको छ ।
सर्वोच्च अदालतमा जारी बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । यसअघि हिजो पनि मुद्दा हेर्दाहेर्दैमा रहेको थियो । मुद्दाको सुनुवाई पूर्ण इजलासमा भइरहेको छ ।
मुख्यमन्त्री थापाले संसदबाट असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
विपक्षीका तर्फबाट बहस जारी छ । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ ।















प्रतिक्रिया