१ कार्तिक २०८३, आइतबार

१० वर्षमा नेपालको १० हजार मेगावाट विद्युत लैजाने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । भारतीय सरकार नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्न तयार भएको छ ।

भारतीय मन्त्रिपरिषद्ले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद मस्यौदा पारित गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद बिक्री सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। उक्त सम्झौता भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने छ । अब भारतीय उर्जा सचिव र नेपालका सचिवबीच सम्झौता भएपछि थप कार्य अगाडि बढ्नेछ ।