
काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल र चाइना इन्सिट्युट अफ कन्टेम्पोरेरी इन्टरनेशनल रिलेसन्स (सीआइसीआइआर) अन्तर्गतको इन्सिट्युट अफ साउथ एसियन स्टडिज्का निर्देशक डा. हु शिसेगंबीच भेटवार्ता भएको छ ।
प्रतिष्ठानका अध्यक्ष पोखरेलले नेपाल चीन सम्बन्ध सोहर्दपूर्ण रहेको बताउँदै सरकार-सरकारबीच, पार्टी-पार्टीबीच साथै जनताको तहमा सम्बन्ध स्थापित गर्ने कुरामा महत्व दिनुपर्ने बताए ।
उनले आउँदो दिनमा दुवै प्रतिष्ठानबीच सहकार्य हुन सकोस् भन्ने सदिक्षासमेत व्यक्त गरे ।
यस्तै, डा. हुले नेपाल चीन सम्बन्धका बारेमा चासो राखेका थिए । भेटमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक आशिष रेग्मी पनि सहभागी थिए ।















प्रतिक्रिया