२८ कार्तिक २०८३, शनिबार

एमाले लुम्बिनी अधिवेशन : दिउँसो १ बजेसम्म मतदान जारी रहने, आजै नतिजा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ भदौ । नेकपा (एमाले)को लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान मतदान जारी रहेको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान पौने ९ बजेबाट मतदान सुरु भएको हो । मतदान दिउँसो १ बजेसम्म जारी रहने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।

नेतृत्व चयनका लागि १ हजार ४ जना प्रतिनिधिले मतदान गर्दैछन् । निर्वाचन अधिकृतका अनुसार मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु हुनेछ भने आजै नतिजा सार्वजनिक गरिनेछ ।

गत भदौ १६ गतेदेखि जारी अधिवेशनमा नेतृत्व चयनका लागि सहमति नजुट्दा मतदान भएको हो । एमाले लुम्बिनीको अध्यक्षका लागि निवर्तमान अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य प्यूठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् ।

उपाध्यक्षका लागि रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्मा प्रतिस्पर्धामा छन् । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपसचिव खुलामा भने रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी गरी चारजना चुनावी प्रतिस्पर्धामा रहेका छन् । महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र लिला रानामगर गरी तीनको उम्मेदवारी छ ।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी रहेको छ ।