२८ कार्तिक २०८३, शनिबार

एमाले लुम्बिनी प्रदेशः नेतृत्व चयनका लागि मतदान सुरु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ भदौ । नेकपा (एमाले)को लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान सुरु भएको हो ।

नेतृत्व चयनका लागि सहमति नजुट्दा चुनावी प्रतिस्पर्धा भएको हो । गत भदौ १६ गतेदेखि जारी अधिवेशनमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य प्यूठानका हरिप्रसाद रिजालबीच चुनावी प्रतिस्पर्धा छन् ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी छ । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपसचिव खुलामा भने रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी गरी चारजनाको उम्मेदवारी परेको छ । महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र लिला रानामगर गरी तीनको उम्मेदवारी रहेको छ ।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी रहेको छ ।