
काठमाडौं, १८ भदौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिल तर्फको बहस सकिएको छ ।
आज सरकारी वकिलकोतर्फबाट बहस सकिएर प्रतिवादीकोतर्फबाट बहस सुरू भएको हो ।
आइतबार सरकारी वकिलकोतर्फबाट चार जनाले बहस गरेकामा आज सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता जनक प्रसाद घिमिरे, वासुदेव शर्मा, सहायक जिल्ला न्यायाधीवक्ता प्रकाश घिमिरे र प्रकाश ज्ञवालीले बहस गरे ।
प्रतिवादीहरू शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ र बालकृष्ण श्रेष्ठको तर्फबाट बहस सकिएको छ । भट्टराईको तर्फबाट अधिवक्ता प्रकाश आचार्य, गणेशमान प्रधान, भिमबहादुर गुरुङ र वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले बहस गरेका छन् ।
यस्तै, कुमार श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अधिवक्ता रुपक बहादुर बोगटीले बहस गरे भने बालकृष्ण श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले बहस गरेका हुन् ।















प्रतिक्रिया