१ कार्तिक २०८३, शनिबार

कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरूद्वको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतविरूद्व सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

आज पूर्ण इजलासमा मुद्दाको सुनुवाई हुन लागेको हो । पूर्ण इजलासमा कम्तीमा तीन न्यायाधीश रहनेछन् ।

यसअघि हिजो पेशी तोकिएको मुद्दालाई पूर्ण इजलासबाट टुंग्याउने निर्णय भएको थियो ।

मुख्यमन्त्री थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।