
काठमाडौं, १७ भदौ । नेपाल प्रहरीले पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट udb.nepalpolice.gov.np को आज उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उनले निर्माण भएको वेबसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए । उनले वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारीरूपमा सञ्चालन गर्दै धेरैभन्दा धेरै सरोकारवाला व्यक्तिको पहुँचमा पुर्याई बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको सनाखत गर्न सहज र सक्षम हुने विश्वास व्यक्त गरे ।
नागरिकस्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिकरूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण सङ्कलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमितरूपमा अनुगमन गर्नुपर्ने बताए ।















प्रतिक्रिया