१ कार्तिक २०८३, आइतबार

तीन संसदीय समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरुको प्रस्तुति र छलफल हुनेछ ।

त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुति हुनेछ भने बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा छलफल हुनेछ ।