२ कार्तिक २०८३, सोमबार

भारतले सूर्यको अध्ययनका लागि पहिलो मिसन पठाउँदै (लाइभ)

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । चन्द्रयान-३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरणपछि आज भारतले सूर्यको अध्ययनका लागि आफ्नो पहिलो मिसन पठाउँदैछ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले आदित्य एल–१ मिसन श्रीहरिकोटाबाट बिहान ११ः५० बजे प्रक्षेपण गर्ने जनाएको छ ।

इसरोले एक विज्ञप्ति जारी गर्दै भनेको छ–आदित्य एल–१ मिसन सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय मिसन हुनेछ । अन्तरिक्षयानलाई सूर्य-पृथ्वी प्रणालीको लेग्रेन्ज बिन्दु १ (एल १) वरिपरि हलो कक्षमा पठाइनेछ, जुन पृथ्वीबाट करिब १.५ मिलियन किलोमिटर टाढा छ ।