१ कार्तिक २०८३, आइतबार

मकवानपुरमा नक्कली नोटसहित ३ जना पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रहरीले बरामद गरेको नक्कली नेपाली नोट

मकवानपुर, १६ भदौ । मकवानपुरमा नक्कली नेपाली नोट सहित तीन जना पक्राउ परेका छन् ।

बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर-१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उनीहरुबाट नेपाली नक्कली रुपैयाँ एक हजारको दरले ९५ थान गरी ९५ हजार रुपैयाँ बरामद गरिएको छ ।

चुरियामाई मन्दिर क्षेत्रबाट पक्राउ पर्नेहरुमा रौतहट कटहरिया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा र कटहरिया-१ बस्ने २१ वर्षीय दिपेश दास रहेका छन् ।

थप अनुसन्धान तथा सोधपुछ गर्ने क्रममा उनीहरुले मकवानपुरको राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय विजय तामाङबाट उक्त नोट ल्याएको बताएपछि अनुसन्धानको लागि विजयलाई पनि नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।